एजेन्सी । विश्वकप फुटबलको पहिलो प्रि क्वार्टरफाईनलमा अर्जेन्टिनाविरुद्धको खेलमा फ्रान्सेल ३–२ को अग्रता लिएको छ । दोस्रो हाफको खेल जारी रहदाँ केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका हुन् । उनले ६३ औ मिनेटमा गोल गर्दै फ्रान्सलाई सहज स्थितीमा पु¥याएका छन् ।
खेलको १३ औ मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए । केलियन एमबाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सेले पेनाल्टी पाएको थियो ।
खेलको ४१ औ मिनेटमा एन्जल डि मारियाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
४८ औ मिनेटमा अर्जेन्टिनाले ग्याबरियल मेकाडो गोल गर्दै अर्जेन्टिनी टोलीलाई २–१ को स्थितीमा पु¥याएका थिए । तर खेलको ५७ औ मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै खेललाई २–२ को स्थितीमा ल्याएका थिए ।
फिफा वरियतामा अर्जेन्टिना पाँचौ स्थानमा छ भने फ्रान्स सातौ स्थानमा छ । फ्रान्स समुह सीको विजेता र अर्जेन्टिना समुह डीको उपविजेताको रुपमा नकआउट चरणको भेट पक्का गरेका हुन् ।
दुवै टोली १९९८ को विश्वकपपछि पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । सो खेलमा फ्रान्सका माईकल ओभेनले अर्जेन्टिनाविरुद्ध गोल गरेका थिए ।