एजेन्सी । रुस विश्वकप अन्तर्गत पहिलो प्रि क्वाटरफाइनलमा अहिले फ्रान्स र अर्जेन्टिना खेलिरहेको छ । कजान एरिनामा जारी खेलको पहिलो १ - १ गोलको बराबरीमा सकिएको छ ।
फ्रान्सले लिएको सुरुवातीअग्रता उल्टाएर बराबरी खेलेको हो । एन्जल डी मारियाको गोलसंगै अर्जेन्टिनाले बराबरी गर्न सफल भएको हो । खेलको ४१ औ मिनेटमा मारियाले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका थिए ।
खेलको १३ औ मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए । केलियन एमबाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सेले पेनाल्टी पाएको थियो ।
फिफा वरियतामा अर्जेन्टिना पाँचौ स्थानमा छ भने फ्रान्स सातौ स्थानमा छ । फ्रान्स समुह सीको विजेता र अर्जेन्टिना समुह डीको उपविजेताको रुपमा नकआउट चरणको भेट पक्का गरेका हुन् ।
दुवै टोली १९९८ को विश्वकपपछि पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । सो खेलमा फ्रान्सका माईकल ओभेनले अर्जेन्टिनाविरुद्ध गोल गरेका थिए ।