एजेन्सी । एन्जल डी मारियाको गोलसंगै अर्जेन्टिना विश्वकप फुटबलको नकआउट चरणको पहिलो खेलमा बराबरी गर्न सफल भएको छ । प्रि क्वार्टरफाईनल अन्तर्गत फ्रान्सविरुद्धको खेलमा सुरुवातीमै पछि परेको अर्जेन्टिना गोलसंगै खेलमा फर्किएको छ ।
खेलको ४१ औ मिनेटमा मारियाले उत्कृष्ट गोल गरेका छन् । खेलको १३ औ मिनेटमा एन्टोनी ग्रिजम्यानले पेनाल्टीमार्फत फ्रान्सलाई अग्रता दिलाएका थिए । केलियन एमबाप्पेलाई डिबक्समा लडाएपछि फ्रान्सेले पेनाल्टी पाएको थियो ।
फिफा वरियतामा अर्जेन्टिना पाँचौ स्थानमा छ भने फ्रान्स सातौ स्थानमा छ । फ्रान्स समुह सीको विजेता र अर्जेन्टिना समुह डीको उपविजेताको रुपमा नकआउट चरणको भेट पक्का गरेका हुन् ।
दुवै टोली १९९८ को विश्वकपपछि पहिलो पटक प्रतिस्पर्धामा उत्रिएका हुन् । सो खेलमा फ्रान्सका माईकल ओभेनले अर्जेन्टिनाविरुद्ध गोल गरेका थिए ।