एजेन्सी । विश्वकपमा छनोट चरणका खेलहरु सकिएका छन् । अब पालो नकआउट चरणको । सुरुमै भिड्न आईपुगेका छन्, दुवै दाबेदार टोली फ्रान्स र अर्जेन्टिना ।
दुवै टोली यो भिडन्तबाट खुसी होलान ? सायद नहोलान पनि । विश्व फुटबलका दुई बलिया टोलीको प्रि क्वार्टरफाईनल भेट चाहना भन्दा समिकरणले तय गरेको छ । पक्का छ, दुई मध्य एक टोली आज घर फर्कने छ । विजेता टोली विश्वकप उपाधिको यात्रामा अगाडी बढ्ने छ ।
दर्शकका लागि पक्कै पनि नकआउट चरणको पहिलो खेल बहुप्रतिक्षित छ । भनिन्छ, नेपालमा सबैभन्दा धेरै फ्यान अर्जेन्टिनी छन् । लियोनल मेस्सीलाई मन पराउने स्वत अर्जेन्टिनी फ्यान हुने भईहाले । तर एउटा डर छ, अर्जेन्टिनाले लामो यात्रा तय गर्छ वा अब घर फर्कन्छ ।
विश्वकपको सुरुवाती प्रर्दशनले अर्जेन्टिनाको विश्वकप यात्रा कठिन मोडमा आईपुगेको विश्लेषण हुन थालेको छ । अझ विश्वकपको सबैभन्दा बलियो प्रतिद्धन्दी फ्रान्ससंगको भिडन्त अर्जेन्टिनालाई समस्यामा पार्ने धेरैको आँकलन छ । कारण, अर्जेन्टिनाको पछिल्लो प्रर्दशन ।
उसले समूह चरणमा विश्वकपको नवप्रवेशी टोली आइसल्याण्डसंग १–१ गोलको बराबरी खेल्यो । अर्को खेलमा क्रोयसियासंग ३–० ले स्तब्ध बन्यो । सन् २०१४ को फाईनल खेलेको अर्जेन्टिनाले अन्तिम खेलमा नाईजेरियाविरुद्ध २–१ को संघर्षपुर्ण निकाल्दै अन्तिम १६ मा अटाएको हो । अझ भनौ समूह चणको आफु अनुकुल समिकरणले अर्जेन्टिना ४ अंक जोड्दै नकआउट चरणमा स्थान पाएको हो ।
समूह चरणको संघर्षपुर्ण यात्रापछि अर्जेन्टिनाको ध्यान अब नकआउट चरणमा छ । जहाँ प्रतिद्वन्द्वीको रुपमा फ्रान्स उभिएको छ । ‘हामी त्यस्तो टोलीसंग प्रतिस्पर्धा गर्न गईरहेका छौ । जो व्यक्तिगत रुपमा उत्कृष्ट खेलाडीले भरिएको छ ।’ अर्जेन्टिनी प्रशिक्षक जर्ज साम्पोली भन्छन्, ‘फ्रान्स प्रतियोगिताको सबैभन्दा बलियो दाबेदार हो । हामीलाई कठिन प्रतिद्वन्द्वीविरुद्ध जित निकाल्न निकै संयमताकासाथ प्रर्दशन गर्न आवश्यक छ ।’
‘मेस्सीको इराशाले मलाई गर्व गराउछ । उनीलाई सबै थाहा छ, मैले गर्न सक्ने जति सबै गरेको छु ।’ साम्पोलीले थपे, ‘हामीले रुस आउदाँ हाम्रा सपनालाई बाँडेका थियौ र हामी अर्जेन्टिनाकालागि केही उपलब्धी हासिल गर्न आएका थियौ ।’
अर्जेन्टिनाको प्रर्दशन मेस्सीको गतिबाट प्रभावित छ । अझ भनौ, उनैमा अर्जेन्टिनाको गति र लय अडिएको छ । तर फ्रान्सेली गोलकिपर ह्युगो लोरिस अर्जेन्टिनी टोली एक व्यक्तिमा मात्र केन्द्रित भएको मान्न तयार छैनन् ।
‘मेस्सीबाट धेरै अपेक्षा गरिएको छ । मलाई लाग्छ त्यो सामान्य हो । तर अझैपनि अर्जेन्टिनी टिमले देखाउने चिज धेरै बाँकी छ जस्तो लाग्छ ।’ उनी भन्छन् । ‘उनीहरु कठिन समयबाट जुग्रिए । तर उनीहरु छनोट हुन सफल भए । मलाई लाग्छ उनीहरु प्रतियोगितामा अगाडी बढ्न खोजिरहेका छन् । उनीहरु उपाधिसम्म पुग्न खोजिरहेका छन् ।’ उनले थपे ।
फ्रान्सका बेन्जामिन मेन्डेले चोटका कारण आजको खेल गुमाउनेछन् । प्रशिक्षक डिडियर डेसच्याम्पले लुकास हर्नाल्डेजलाई आजको खेलमा उतार्न सक्नेछन् । तर अर्जेन्टिनी टोलीमा कुनै समस्या छैन् । नाईजेरियाविरुद्धको पछिल्लो सेटनै आजको खेलमा उत्रनेछ । विश्वकपमा दुवै टोली पहिलो पटक नकआउट चरणमा भिड्न लागेका हुन् ।
यसअघि दुवै टोली १२ पटक आमने सामने भईसकेका छन् । जसमा दक्षिण अमेरिकी देशमाथि रहेको नतिजाले देखाउछ ।