आइतबार, २५ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. Fifa 2018
Bhat Bhateni Supermarket Ad

रुस विश्वकप : समूह चरणमा बनेका रोचक तथ्य

शुक्रबार, १५ असार २०७५खेलपाटी संवाददाता
रुस विश्वकप : समूह चरणमा बनेका रोचक तथ्य
mustang rice ad

एजेन्सी । रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको समूह चरणको खेलहरु सकिएको छ । बुधबार राति समूह 'एच' का दुई खेल सकिएसंगै विश्वकपको अन्तिम १६ मा पुग्ने टोलीको पनि टुंगो लागिसकेको छ ।

रुस विश्वकपको समूह चरणको खेल सकिदा केहि रोचक तथ्यहरु बनेको छ । जुन यसअघिका विश्वकपमा बनेको थिएन ।

यो विश्वकपबाट पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणाली लागु भयो । यस्तै सर्वाधिक पाका खेलाडी मैदान उत्रिए भए सर्वाधिक पाका खेलाडीले ह्याट्रिक गरे ।

रुस विश्वकपमा बनेको रेकर्ड :

विश्वकपमा ह्याट्रिक गर्ने सर्वाधिक पाका खेलाडी – रोनाल्डो

रुसमा जारी फिफा विश्वकपको समूह चरणमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । रोनाल्डोले ह्याट्रिक गरेसँगै विश्वकपमा एक किर्तिमान बन्यो । विश्वकपको इतिहासमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडीको ।

समूह चरणको पहिलो खेल स्पेनविरुद्ध गोल गर्दा रोनाल्डो ३३ बर्ष १३१ दिनका थिए । रोनाल्डोले नेदरल्याण्डका रोब रेनसेनब्रिंकले ३० बर्ष ३३६ दिनको किर्तिमानलाई भङ्ग गरेका हुन् ।

धेरै पेनाल्टी प्रदान –

यो विश्वकपको समूह चरणमा धेरै पेनाल्टीहरु प्रदान गरिएको छ । भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणाली लागु भएपछि यो विश्वकपमा बढी पेनाल्टी भएको थियो ।

समूह चरणको खेल सकिदा रेफ्रीले कुल २४ पेनाल्टी दिएका थिए । यो ब्राजिल विश्वकपमा भएको कुल पेनाल्टी भन्दा २ बढी पेनाल्टी हो । यो पटक ७ पेनाल्टी भिएआरको माध्यमबाट प्रदान गरिएको थियो ।

सर्वाधिक पाका प्रशिक्षण –

उरुग्वेका प्रशिक्षक ओस्कार ताबरेज रुस विश्वकपकै सबैभन्दा बढी उमेरका प्रशिक्षक हुन् । रुस विश्वकप जारी रहदा उनी ७१ बर्षका भएका छन् ।

प्रशिक्षक ताबरेज चार विश्वकपमा एकै राष्ट्रको प्रशिक्षक बन्ने पहिलो प्रशिक्षक पनि हुन् । उनले यसअघि सन् १९८०, १९८८ र २००२ मा उरुग्वेको टिम सम्हालेका थिए ।

सर्वाधिक पाका खेलाडी -

इजिप्टका गोलकिपर असाम अल हैदरीले विश्वकप फुटबलमा सर्वाधिक उमेरका खेलाडीको नयाँ रेकर्ड कायम गरेका छन् । फ्रेड मोन्ड्रागोनको नाममा रहेको कीर्तिमान भंग गर्दै इजिप्टका ४५ बर्षिया गोलकिपर हैदरीले विश्वकप फुटबलको इतिहासमा नयाँ रेकर्ड कायम गरेका हुन् ।

हैदरीको उमेर ४५ बर्ष १६१ दिन पुगेको इजिप्ट फुटबल संघले जनाएको छ । रुसी विश्वकपमा समुह चरणको अन्तिम खेलमा इजिप्टले हैदरीलाई मौका दिएको थियो । साउदी अरबविरुद्धको खेलमा मैदान उत्रदै हैदरीले नयाँ रेकर्ड कायम गरेका हुन् ।

३२ राष्ट्रको गोल -

रुस विश्वकपमा गोल खडेरी भएन । त्यसैले विश्वकप पहिलो पटक सबै राष्ट्रले गोल गर्न सफल भए । यो विश्वकपको समूह चरण सकिदा कम्तिमा एक टोलीले २ गोल गरेका छन् । समूह चरणको ४८ खेलमा १२२ गोल भयो ।

गोलरहित बराबरीमा किर्तिमान-

रुस विश्वकपको समूह चरणमा एक मात्र खेल गोलरहित बराबरीमा सकियो । समूह सी मा रहेका फ्रान्स र डेनमार्कले समूह चरणको अन्तिम खेलमा बराबरी खेलेको हो । जुन, विश्वकप इतिहासकै लामो गोलरहित बराबरी हो । यो बराबरी हुन् विश्वकप ३७ खेल पर्खानु परेको थियो । यसअघि सन् १९५४ को विश्वकपमा गोलरहित बराबरी हुन् २६ खेल पर्खनु परेको थियो ।

कम उमेरका गोल गर्ने खेलाडी -

रुसमा जारी विश्वकपमा सेनेगलका युवा खेलाडी मौस्सा वागुएले गोल गरे । र, वागुएले विश्वकपमै गोल गर्ने सर्वाधिक कम उमेरका अफ्रिकन खेलाडी बने ।  रुसमा जापानविरुद्ध गोल गर्दा वागुएले मात्र १९ बर्ष २३६ दिनका थिए ।

 

सर्वाधिक पहेलो कार्ड -

यो विश्वकप १५८ पहेलो कार्ड देखाइयो । जसमा ३ रेड कार्ड प्रदान गरिएको थियो । विश्वकपको इतिहासमा यो सर्वाधिक पहिलो कार्ड हो ।

सर्वाधिक आत्मघाती गोल -

यो विश्वकपमा ९ आत्मघाती गोल भए । यो विश्वकप इतिहासकै सर्वाधिक धेरै आत्मघाती गोल हो ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

पाभार्डको गोल रुस विश्वकप कै 'उत्कृष्ट गोल'

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

विश्वकपपछि मैले फुटबल हेर्न सकिन : नेयमार

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

मन लोभ्याउने रुस विश्वकपको तस्विरहरु

Bajaj Pulsar Motorcycle Ad
‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

‘नेपाली समर्थकले हामीमाथि गर्व गर्नेछ’

अन्तिम बलमा नेपालकाे हार

अन्तिम बलमा नेपालकाे हार

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डको सानदार सुरुआत

फेरि ‘डार्क हर्स’  बन्ला अफगानिस्तान ?

फेरि ‘डार्क हर्स’ बन्ला अफगानिस्तान ?

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

नेपाल भर्सेस इङ्ल्यान्ड : दबाबमा कप्तान ह्यारी ब्रुक !

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका

बलिङमा चल्यो, ब्याटिङमा चल्न सकेन अमेरिका