एजेन्सी । रुसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको समूह चरणको खेलहरु सकिएको छ । बुधबार राति समूह 'एच' का दुई खेल सकिएसंगै विश्वकपको अन्तिम १६ मा पुग्ने टोलीको पनि टुंगो लागिसकेको छ ।
रुस विश्वकपको समूह चरणको खेल सकिदा केहि रोचक तथ्यहरु बनेको छ । जुन यसअघिका विश्वकपमा बनेको थिएन ।
यो विश्वकपबाट पहिलो पटक भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणाली लागु भयो । यस्तै सर्वाधिक पाका खेलाडी मैदान उत्रिए भए सर्वाधिक पाका खेलाडीले ह्याट्रिक गरे ।
रुस विश्वकपमा बनेको रेकर्ड :
विश्वकपमा ह्याट्रिक गर्ने सर्वाधिक पाका खेलाडी – रोनाल्डो
रुसमा जारी फिफा विश्वकपको समूह चरणमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । रोनाल्डोले ह्याट्रिक गरेसँगै विश्वकपमा एक किर्तिमान बन्यो । विश्वकपको इतिहासमा ह्याट्रिक गर्ने सबैभन्दा पाका खेलाडीको ।

समूह चरणको पहिलो खेल स्पेनविरुद्ध गोल गर्दा रोनाल्डो ३३ बर्ष १३१ दिनका थिए । रोनाल्डोले नेदरल्याण्डका रोब रेनसेनब्रिंकले ३० बर्ष ३३६ दिनको किर्तिमानलाई भङ्ग गरेका हुन् ।
धेरै पेनाल्टी प्रदान –
यो विश्वकपको समूह चरणमा धेरै पेनाल्टीहरु प्रदान गरिएको छ । भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणाली लागु भएपछि यो विश्वकपमा बढी पेनाल्टी भएको थियो ।
समूह चरणको खेल सकिदा रेफ्रीले कुल २४ पेनाल्टी दिएका थिए । यो ब्राजिल विश्वकपमा भएको कुल पेनाल्टी भन्दा २ बढी पेनाल्टी हो । यो पटक ७ पेनाल्टी भिएआरको माध्यमबाट प्रदान गरिएको थियो ।
सर्वाधिक पाका प्रशिक्षण –
उरुग्वेका प्रशिक्षक ओस्कार ताबरेज रुस विश्वकपकै सबैभन्दा बढी उमेरका प्रशिक्षक हुन् । रुस विश्वकप जारी रहदा उनी ७१ बर्षका भएका छन् ।

प्रशिक्षक ताबरेज चार विश्वकपमा एकै राष्ट्रको प्रशिक्षक बन्ने पहिलो प्रशिक्षक पनि हुन् । उनले यसअघि सन् १९८०, १९८८ र २००२ मा उरुग्वेको टिम सम्हालेका थिए ।
सर्वाधिक पाका खेलाडी -
इजिप्टका गोलकिपर असाम अल हैदरीले विश्वकप फुटबलमा सर्वाधिक उमेरका खेलाडीको नयाँ रेकर्ड कायम गरेका छन् । फ्रेड मोन्ड्रागोनको नाममा रहेको कीर्तिमान भंग गर्दै इजिप्टका ४५ बर्षिया गोलकिपर हैदरीले विश्वकप फुटबलको इतिहासमा नयाँ रेकर्ड कायम गरेका हुन् ।

हैदरीको उमेर ४५ बर्ष १६१ दिन पुगेको इजिप्ट फुटबल संघले जनाएको छ । रुसी विश्वकपमा समुह चरणको अन्तिम खेलमा इजिप्टले हैदरीलाई मौका दिएको थियो । साउदी अरबविरुद्धको खेलमा मैदान उत्रदै हैदरीले नयाँ रेकर्ड कायम गरेका हुन् ।
३२ राष्ट्रको गोल -
रुस विश्वकपमा गोल खडेरी भएन । त्यसैले विश्वकप पहिलो पटक सबै राष्ट्रले गोल गर्न सफल भए । यो विश्वकपको समूह चरण सकिदा कम्तिमा एक टोलीले २ गोल गरेका छन् । समूह चरणको ४८ खेलमा १२२ गोल भयो ।
गोलरहित बराबरीमा किर्तिमान-
रुस विश्वकपको समूह चरणमा एक मात्र खेल गोलरहित बराबरीमा सकियो । समूह सी मा रहेका फ्रान्स र डेनमार्कले समूह चरणको अन्तिम खेलमा बराबरी खेलेको हो । जुन, विश्वकप इतिहासकै लामो गोलरहित बराबरी हो । यो बराबरी हुन् विश्वकप ३७ खेल पर्खानु परेको थियो । यसअघि सन् १९५४ को विश्वकपमा गोलरहित बराबरी हुन् २६ खेल पर्खनु परेको थियो ।
कम उमेरका गोल गर्ने खेलाडी -
रुसमा जारी विश्वकपमा सेनेगलका युवा खेलाडी मौस्सा वागुएले गोल गरे । र, वागुएले विश्वकपमै गोल गर्ने सर्वाधिक कम उमेरका अफ्रिकन खेलाडी बने । रुसमा जापानविरुद्ध गोल गर्दा वागुएले मात्र १९ बर्ष २३६ दिनका थिए ।

सर्वाधिक पहेलो कार्ड -
यो विश्वकप १५८ पहेलो कार्ड देखाइयो । जसमा ३ रेड कार्ड प्रदान गरिएको थियो । विश्वकपको इतिहासमा यो सर्वाधिक पहिलो कार्ड हो ।
सर्वाधिक आत्मघाती गोल -
यो विश्वकपमा ९ आत्मघाती गोल भए । यो विश्वकप इतिहासकै सर्वाधिक धेरै आत्मघाती गोल हो ।