एजेन्सी । विश्वकप फुटबल अन्तर्गत इंग्ल्यान्डविरुद्ध बेल्जियमले सुरुवाती अग्रता बनाएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा बेल्जियमले अग्रता बनाएको हो ।
केलिन्नग्राड स्टेडियममा खेलको ५१ औं मिनेटमा अदनान जानुजाजले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका हुन् । बेल्जियमको लागि उनको यो पहिलो गोल समेत हो ।
यस अघि पहिलो हाफमा पाएको मौकामा दुवैले गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
समुह एचको खेलमा प्रतिस्पर्धामा उत्रिएका दुवै टोलीको लक्ष्य समुह विजेता बन्नु हो ।
दुवै टोलीले समुह चरणमा ६ अंक जोडेका छन् । आजको खेलको विजेताले जापानसंग र उपविजेताले कोलम्बियासंग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डले खेलमा ६ खेलाडी परिवर्तन गरेको छ ।