एजेन्सी । विश्वकप फुटबल अन्तर्गत इंग्ल्यान्ड र बेल्जियमबीचको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
केलिन्नग्राड स्टेडियममा पाएको मौकामा दुवैले गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।
समुह एचको खेलमा प्रतिस्पर्धामा उत्रिएका दुवै टोलीको लक्ष्य समुह विजेता बन्नु हो ।
दुवै टोलीले समुह चरणमा ६ अंक जोडेका छन् । आजको खेलको विजेताले जापानसंग र उपविजेताले कोलम्बियासंग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डले खेलमा ६ खेलाडी परिवर्तन गरेको छ ।