एजेन्सी । फिफा विश्वकप फुटबलमा अहिले सेनेगल र कोलम्बियाबीचको खेल सुरु भएको छ ।
समारा एरिनामा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । दुवै टोली आजको खेल जित्दै दोस्रो चरणमा पुग्न चाहन्छ ।
समूह 'एच' मा रहेको सेनेगलको ४ र कोलम्बियाको ३ अंक छ । सेनेगल र कोलम्बिया मैदान उत्रदा दुवै टोली जितको खोजीमा हुनेछ । अघिल्लो चरणमा पुग्न सेनेगललाई बराबरीले पुग्ने छ । कोलम्बियालाई जित्नै पर्ने दबाब छ । यस्तोमा सेनेगलविरुद्ध कोलम्बिया आक्रामक खेल्ने छ । तर, बलियो सेनेगल कोलम्बियालाई रोक्दै अर्को चरणमा पुग्न चाहन्छ ।
यो खेलमा सेनेगलले जितेमा सेनेगल समूह बिजेता बन्ने सम्भावना रहन्छ । पराजित भएमा सेनेगलको दोस्रो चरणको यात्रा अन्त्य हुने सम्भावना पनि उत्तिकै छ । सेनेगल पराजित भएमा र जापानले जितेमा कोलम्बिया नकआउट चरणमा पुग्नेछ । यदि कोलम्बिया पराजित भएमा सेनेगल र जापानले नकआउट चरणमा स्थान बनाउने छन् ।