एजेन्सी ।फिफा विश्वकप फुटबल अन्तर्गत समूह एच मा रहेको जापान र पोल्याण्ड अहिले समूह चरणको अन्तिम खेल खेल्न मैदान उत्रिएका छन् ।
भोल्गोग्राड स्टेडियममा पोल्याण्डविरुद्ध मैदान उत्रदा जापानको एक मात्र लक्ष्य जित हुनेछ । अहिलेकै समीकरण हेर्दा जापानलाई बराबरीले मात्रै पनि समूह चरण पार गर्न प्रयाप्त हुन्छ । तर, निकै जुझारु प्रदर्शन गरिरहेको जापान समूह विजेता बन्दै दोस्रो चरण पुग्न चाहन्छ । पोल्याण्डलाई हराएर नकआउट चरणमा पुग्न सके जापानको यो तेस्रो नकआउट चरणको यात्रा हुनेछ ।
पहिलो खेलमा कोलम्बियालाई २ – १ हराएको जापानले दोस्रो खेलमा बलियो टोली सेनेगलसँग २ – २ गोलको बराबरी खेलेको थियो । समूह चरणको अन्तिम खेल बाँकी रहदा जापान ४ अंक जोडेर शीर्ष स्थानमा छ । दुई खेल गुमाईसकेको पोल्याण्ड पुछारमा छ । पोल्याण्ड प्रतियोगिताबाट बाहिरिसकेको छ ।
यता, पोल्याण्ड जापानविरुद्ध जित निकाल्दै सान्त्वना जितसहित घर फर्कन चाहन्छ । पोल्याण्डसंग कुनै डर हुनेछैन । त्यसैले पोल्याण्डले जापानलाई चुनौती दिने छ ।
यो समूहमा सेनेगलको ४ र कोलम्बियाको ३ अंक छ । यसै समूहका सेनेगल र कोलम्बिया पनि आज जित निकाल्दै अर्को चरणमा पुग्न चाहन्छ । त्यसैले जापान पोल्याण्डलाई हराउदै ढुक्कले विश्वकपको अर्को चरण पुग्न चाहन्छ ।