एजेन्सी । उपाधि दाबेदार ब्राजिलले विश्वकप फुटबलको नकआउट चरणमा मेक्सिकोसंग प्रतिस्पर्धा गर्ने तय भएको छ । समुह ईको विजेताको रुपमा अन्तिम १६ प्रवेश गरेको ब्राजिलले समुह एफको उपविजेता मेक्सिकोलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।
समुह इबाट ७ अंक सहित प्रि क्वार्टफाईनल पुगेको ब्राजिलले दुईमा जित र एकमा बराबरीको नतिजा निकालेको छ । समुह चरणमा स्विजरल्याण्डसंग बराबरी खेलेको ब्राजिलले कोस्टारिका र सर्वियालाई भने पराजित गरेको थियो ।
यता, समुह एफको उपविजेता मेक्सिकोले अन्तिम खेलमा स्विडेनसंग पराजित हुनु बाहेक अन्य दुई खेलमा जित निकालेको थियो । उसले पुर्व विश्व विजेता जर्मनी र साउथ कोरियालाई हराउदै ६ अंक बनाएको थियो ।
यता, समुह इको उपविजेता स्विटजरल्याण्डले नकआउट चरणमा स्विडेनसंग प्रतिस्पर्धा गर्ने तय भएको छ । समुह चरणको अन्तिम खेलमा बराबरीको नतिजा सहित उपविजेताको हैसियतामा प्रि क्वार्टरफाईनल पुगेको स्विस टोलीले समुह एफको विजेता स्विडेनलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।
स्विस टोलीले समुह चरणम ब्राजिल र कोस्टारिकासंग बराबरी खेलेको थियो भने सर्वियालाई पराजित गरेको थियो ।