कोस्टारिकासंग स्विजरल्याण्डको बराबरी, उपविजेता बन्दै नकआउट चरणमा
बुधबार, १३ असार २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्वकप फुटबल अन्तर्गत स्विजरल्याण्डले कोस्टारिकासंग बराबरी खेल्दै उपविजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । समुह चरणको अन्तिम खेलमा स्विस टोलीले कोस्टारिकासंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
स्विजरल्याण्ड ३ खेलबाट ५ अंक जोड्दै समुह उपविजेताको रुपमा नकआउट चरण प्रवेश गरेको छ । ३१ औ मिनेटमा डिजिमालीले गोल गर्दै स्विस टोलीलाई अग्रता दिलाएका थिए । ५६ औ मिनेटमा कोस्टारिकाको वाटसनले गोल गर्दै खेल बराबरीमा ल्याए ।
तर खेल सकिन २ मिनेट बाँकी छदाँ डिरमिकले गोल गर्दै स्विस टोलीलाई जित नजिक पु¥याएका थिए । तर दोस्रो हाफको इन्जुरी समयमा सोमरको आत्मघाति गोलसंगै स्विजरल्याण्डले कोस्टारिकासंग अंक बाँड्न बाध्य भयो ।
कोस्टारिका एक अंक जोड्दै प्रतियोगिताबाट बाहिरिएको छ । सर्विया ३ अंक सहित प्रतियोगिताबाट बिदा भएको छ ।












-1770555824523.jpeg&w=3840&q=75)
-1770548725823.jpeg&w=3840&q=75)


