एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा ब्राजिलले सर्बियाविरुद्ध २ - ० को अग्रता बनाएको छ ।
स्पार्टक रंगशालामा जारी खेलमा ब्राजिलले पहिलो र दोस्रो हाफमा गोल गर्दै २ - ० को अग्रता लिएको हो । पहिलो हाफमा १ - ० ले अघि रहेको ब्राजिलले ६८ औं मिनेटमा अग्रता दोब्बर बनाएको हो । नेयमारले प्रहार गरेको कर्नर बलमा थियागो सिल्भाले उत्कृष्ट हेड गोल गरेका थिए ।
यसअघि खेलको ३६ औं मिनेटमा कौटिन्होको पासमा पाउलिन्होले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए ।
आज दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । किनकी दुवै टोली जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ ।
पाँच पटकको विश्व विजेता ब्राजिललाई नकआउट चरण पुग्न सर्बियाविरुद्धको खेलमा बराबरी नै पर्याप्त छ । तर,समूह विजेताको रुपमा प्रि क्वार्टरफाईनल पुग्न ब्राजिलले पक्कै तीन अंकका लागि मेहनत गर्नेछ ।
पहिलो खेलमा स्विटजरल्याण्डसंग बराबरी खेलेको ब्राजिलले कोस्टारिकाविरुद्ध २–० को जित निकाल्यो । तर कोस्टारिकाविरुद्धको खेलमा ब्राजिलले निकै संघर्ष गर्न गर्यो । दुवै गोल दोस्रो हाफको ईन्जुरी समयमा सम्भव भएको थियो ।
सर्बियाले कोस्टारिकालाई १–० ले हराउदै ३ अंक जोडेको हो । अर्को खेलमा स्विजरल्याण्डसंग २–० को हार ब्यहारेको थियो । तर, सर्बियालाई नकआउट चरणमा प्रवेश गर्न ब्राजिलविरुद्ध जित निकाल्न आवश्यक छ ।