एजेन्सी । विश्वकप फुटबल अन्तर्गत मेक्सिकोविरुद्धको खेमला स्विडेनले ३–० को अग्रता लिएको छ । समुह एफ अन्तर्गत समुह चरणको अन्तिम खेलमा दोस्रो हाफको खेल चलिरहदा स्विडेनले फराकिलो अग्रता बनाउन सफल भएको छ । अगुस्टिनसनले ५० औ मिनेटमा स्विडेनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
६२ औ मिनेटमा स्विडेनका कप्तान आन्द्रेयास ग्रानभिस्टले पेनाल्टीमार्फत गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारेका थिए । ७४ औ मिनेटमा अल्भारेजले आत्मघाति गोल गरेपछि मेक्सिको नकआउट चरण नजिक पुगेको छ ।
अघिल्लो चरण पुग्न मेक्सिकोलाई बराबरीनै पर्याप्त छ । स्विडेनलाई जित्नैपर्ने दबाब छ । मेक्सिको दुई खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । स्विडेन ३ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।