काठमाडौं । निर्भय श्रेष्ठले नेपाल फिफा १९ च्याम्पियनसिपको उपाधि शनिबार जितेका छन् । उपाधिसंगै निर्भयले १ लाख ५० हजार नगद पुरस्कार पाए ।
गेमिङ गराज नेपालले सुन्धारास्थित सिभिल मलमा आयोजना गरेको प्रतियोगितामा सौगात गुरुङ दोश्रो तथा नुर्बु छेन्डु शेर्पा तेश्रो भए । सौगातले ७५ हजार र नुर्बुले ३० हजार नगद पुरस्कार हात पारे । चौथो भएका पियूश गिरी सिंहले १० हजार नगद पुरस्कार पाए ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
प्रतियोगितामा ४ सय ५० भन्दा बढी प्रतिस्पर्धीले सहभागिता जनाएको गेमिङ गराजका संस्थापक प्रमुख कार्यकारी अधिकृत डिपांकर डंगोलले जनाएका छन् ।