एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले दक्षिण कोरिया र जर्मनी प्रतिस्पर्धा गरिरहेका छन् ।
कजान एरिनामापहिलो हाफको खेल सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् । दुवैले पाएको मौकामा गोल गर्न सकेनन् ।
समूह 'एफ' मा रहेको दुवै टोलीका लागि यो महत्वपूर्ण खेल हो ।
दक्षिण कोरिया आजको खेल जित्दै महत्वपूर्ण ३ अंक जोड्नु लक्ष्य हुनेछ । दक्षिण कोरिया माथि जित हात पार्दै जर्मनी नकआउट चरणमा पुग्न चाहन्छ ।
साबिकको विजेता जर्मनीलाई निकै दबाब हुनेछ । कतै समूह चरणबाटै बाहिरिने त् हैन भन्ने जर्मनीलाई चिन्ता छ । तर, दक्षिण कोरियाले लगातार दुई खेल गुमाईसकेको कारण जर्मनी केहि आश्वस्त हुनेछ ।
कोरियामाथि जित निकाले जर्मनीले ६ अंक जोड्ने छ । बराबरी खेलमा जर्मनीको अघिल्लो चरण यात्रा मेक्सिको र स्विडेनको खेलले तय गर्ने छ । यस्तोमा जर्मनीको लागि मेक्सिकोले स्विडेनलाई हराउनु वा बराबरी खेल्नु पर्ने हुन्छ ।