एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले मेक्सिको र स्विडेनले प्रतिस्पर्धा गरिरहेका छन् ।
एकाटेरीङवर्ग स्विडेनविरुद्ध जित निकाल्दै मेक्सिको समूह विजेता बन्दै नकआउट चरणमा पुग्न चाहन्छ । यस्तै स्विडेन मेक्सिकोलाई हराएर नकआउट चरणमा जान चाहन्छ ।
सोझो समीकरण हेर्दा यो समूहबाट मेक्सिकोलाई सबैभन्दा सहज हुनेछ । मेक्सिकोले बराबरी खेले दोस्रो चरण पुग्न प्रयाप्त रहने छ । स्विडेनलाई जित निकाल्नुको विकल्प छैन ।
यो खेलमा स्विडेनविरुद्धको जितमा मेक्सिको ९ र बराबरीमा ७ अंक हुनेछ । मेक्सिकोसँग स्विडेन पराजित भएमा जर्मनीको भाग्य खुल्ने छ । स्विडेनले मेक्सिकोलाई हराए स्विडेनको पनि दोस्रो चरण यात्रा कायम रहन्छ ।