काठमाडौं । आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने भारोत्तोलन खेलाडीको टुंगो लागेको छ ।
प्रतियोगिताको लागि १० पुरुष र १० महिला गरी २० खेलाडी छनोट भएको मध्यमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।
पुरुषको ५५ केजीमा सप्तारीका रामकुमार यादव र ६१ केजीमा सप्तरीकै रमेश झा, ६७ केजीमा धनुषाका अशोककुमार यादव, ७३ केजीमा सप्तरीका मनोजकुमार यादव, ८१ केजीमा बाराका शजारुद्दिन आलम, ८९ केजीमा सप्तरीका रोशनकुमार साह, ९६ केजीमा धनुषाका उज्ज्वलकुमार मिश्र, १०२ केजीमा बाराका मोहम्मद आशिक हुसेन, १०९ केजीमुनि सिरहाका प्रताप चौधरी तथा १०९ केजीमाथि बाराका आदर्शकुमार गुप्ता छनोट भए ।
महिलातर्फ सप्तरीबाट ४५ केजीमा काजल सदा, ४९ केजीमा पूजा मण्डल र आरतीकुमारी रजक, ५५ केजीमा सरिताकुमारी यादव र ५९ केजीमा सरस्वतीकुमारी चौधरी, पर्साबाट ५५ केजीमा रिया पोखरेल तथा सिरहाबाट ६४ केजीमा पुष्पा चौधरी र रिता चौधरी, ६९ केजीमा प्रमिला चौधरी तथा ८७ केजीमाथि मनिता चौधरी छानिए ।