काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश ३ बाट सहभागी हुने पुरुष÷महिला कबड्डी टोली छनोट भएका छन् ।
प्रतियोगिताका लागि समान १२–१२ पुरुष÷महिला टोली छनोट गरिएको प्रदेश ३ खेलकुद परिषद्का कार्यालय प्रमुख लीलाराम बस्नेतले जनाएका छन् ।
पुरुषमा मनोज नापित, रवि सैंजु, अजय मानन्धर, राजेन्द्र तामाङ, सविन वोहजु, विनय गोसाईं, रोहन तजले, सुरज अधिकारी, आशिष थिङ, मानसिंह गुरुङ, कुँवेर कार्की र प्रज्ज्वल श्रेष्ठ रहेका छन् ।
महिलामा रविता दुवाल, पूजा दुवाल, रोशनी दुवाल, इशुदा गिरी, रोजिना खायमली, सृजली कोजु, संगीता सुनुवार, सुस्मा मगर, सुस्मिता गुरुङ, कोपिला कार्की, भावना मगर र बविता पकुवाल छन् ।
यस्तै प्रदेश २ बाट ५ पुरुष र ३ महिला गरी ८ बुद्धिचाल खेलाडी छनोट भएका छन् । पुरुषमा सर्लाहीका कमल श्रेष्ठ, बाराका विवेक श्रेष्ठ, धनुषाका सुशील चौधरी, बाराका रमेशप्रसाद चौधरी र सप्तरीका सिंगेश्वर दास रहेका छन् ।
महिलामा रौतहटकी विशेखा जैसवाल, पर्साकी समिक्षा पन्त र सिरहाकी सन्जिता महतो छन् ।