काठमाडौं । आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ बाट बक्सिङ खेलाडी छनोट भएका छन् । पुरुष ४९ केजीमा पवनकुमार श्रेष्ठ, ५२ केजीमा सुवासचन्द्र सिंह, ६० केजीमा सुदिप घिसिङ, ७५ केजीमा दिवस गुरुङ, ८१ केजीमा विमलकुमार मण्डल र ९० केजीमा एकराज रायमाझी छनोट भए ।
यस्तै, प्रदेश ३ बाट सहभागी हुने भारोत्तोलन खेलाडी छनोट भएका छन् । पुरुष ५५ केजीमा समिर मानन्धर, ६७ केजीमा अर्जुन लामा, ७३ केजीमा सुवर्ण शाक्य, ८१ केजीमा समृद्धि प्रकाश र शिरीष राजभण्डारी तथा ८९ केजीमा टसबहादुर गुरुङ छानिए ।
त्यस्तै उसुको थाउलोतर्फ छाङ छ्वानको पुरुषमा नुवाकोटका रविन तामाङ र महिलामा सिन्धुपाल्चोककी जुनु स्याङबो लामा, पुरुष नान् छ्वान\नान कुनमा सिन्धुलीका अमरबहादुर पुलामी मगर, महिला नान् छ्वान\नान तावमा ललितपुरकी सीता ठाडा मगर, पुरुष थाइची छ्वान\थाइची चेनमा सिन्धुपाल्चोकका पासाङ शेर्पा, महिला थाइची छ्वान\थाइची चेनमा मकवानपुरकी सर्मिला लामा, पुरुष ताव सु\कुन्सुमा काठमाडौंका सुरज तामाङ तथा महिला चियन सु छियाङमा ललितपुरकी दिपिका राई छनोट भए ।