एजेन्सी । पाँच पटकको विश्व विजेता ब्राजिललाई नकआउट चरण पुग्न सर्वियाविरुद्धको खेलमा बराबरी नै पर्याप्त छ । तर समूह विजेताको रुपमा प्रि क्वार्टरफाईनल पुग्न ब्राजिलले पक्कै तीन अंकका लागि मेहनत गर्नेछ ।
पहिलो खेलमा स्विटजरल्याण्डसंग बराबरी खेलेको ब्राजिलले कोस्टारिकाविरुद्ध २–० को जित निकाल्यो । तर कोस्टारिकाविरुद्धको खेलमा ब्राजिलले निकै संघर्ष गर्न गर्यो । दुवै गोल दोस्रो हाफको ईन्जुरी समयमा सम्भव भएको थियो । खुसीको कुरा दुवै गोल फिलिप काउटिन्हो र नेयमारले गरे, जोसंग ब्राजिलले ठुलो अपेक्षा गरेको छ ।
सर्वियाले कोस्टारिकालाई १–० ले हराउदै ३ अंक जोडेको हो । अर्को खेलमा उसले स्विस टोलीसंग २–० को हार ब्यहारेको थियो । तर कोस्टारिकालाई नकआउट चरणमा प्रवेश गर्न ब्राजिलविरुद्ध जित निकाल्न आवश्यक छ ।
सर्वियन फुटबल संघका अध्यक्ष स्लाभिसा कोकिजा र मुख्य प्रशिक्षक कोज क्रिस्टाजिकलाई म्याचपछि दिएको प्रतिक्रियाका लागि ५ हजार स्विस फ्र्याङ्क जरिवाना गरिएको थियो । त्यस्तै सर्वियन फुटबल संघलाई समेत ५४ हजार रुपैयाँ जरिवाना गरिएको छ । खेलको दौरान फ्रान्सेली समर्थकले भेदभावपुर्ण ब्यानर प्रर्दशनी गरेको भन्दै उसमाथी कारबाही गरिएको हो ।
प्रतियोगिताको दौरान खेलिएका २१ खेलमा मात्र एक खेल ब्राजिलले गुमाएको छ । जसमा ४७ गोल गरेको छ, मात्र पाँच ब्यहोरेको छ, तथ्याङले त्यस्तै भन्छ । ब्राजिललाई पराजित गरे सर्विया नकआउट चरणमा पुग्नेछ । बराबरीले समेत उसको अंक गणितिय सम्भावना बाँकी नै रहन्छ । त्यसका लागि स्विटजरल्याण्डले कोस्टारिकासंग पराजित भएको समिकरण तय हुनुपर्नेछ ।
ब्राजिली प्रशिक्षक टिटेले ब्राजिली टोलीमा कुनै परिवर्तन नगर्ने बताएका छन् । ब्राजिली टिमका डिफेन्डर फग्नर भन्छन्, ‘हामीलाई विश्वास छ कि मैत्रिपुर्ण खेल र छनोट चरणको अनुभवले खेल जित्नेमा आत्मविश्वास दिएको छ । हाम्रा प्रतिद्धन्दीले राम्रो तयारी गरेका छन् । तर हामी खेलमा अवसर सिर्जना गर्दै प्रशिक्षको रणनीतिलाई मैदानमा लागु गर्नेछौ ।’
यता, सर्वियाका कोच भन्छन्, ‘जब खेलको तालिका सार्वजनिक भयो, धेरैले ब्राजिललाई समूह विजेताको रुपमा चित्रित गरे । तर हामी अहिले ब्राजिललाई जित्नुपर्ने अवस्थामा आईपुगेका छौ । त्यसकालागि हामी हरसम्भव कोशिश गर्नेछौ । जिवनमा केही असंम्भव छैन् ।’ ‘दाबेदारको रुपमा ब्राजिललाई सम्मान गछौ, तर उनीहरुका समेत केही कमजोरी छन् । हामी त्यसलाई आफ्नो पक्षमा ढाल्न कोशिश गर्नेछौ ।’ उनले भने ।
इतिहास पल्टाएर युगोस्लाभियालाई समेत समावेश गर्दा चार पटक दुवै टोलीको भेट भएको छ । जसमा दुई खेल बराबरीमा सकिएको छ । समान एक एक खेलमा दुवै टोलीले जित निकालेका छन् । पछिल्लो मैत्रिपुर्ण खेलमा ब्राजिलले सर्वियालाई १–० गोल अन्तरले हराएको थियो ।