एजेन्सी । विश्वकप फुटबलको नकआउट चरणमा उपाधि दाबेदार अर्जेन्टिनाले फ्रान्ससंग प्रतिस्पर्धा गर्ने भएको छ । समुह डीको उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको अर्जेन्टिनाले समुह सीको विजेता फ्रान्ससंग प्रतिस्पर्धा गर्ने तय भएको हो ।
अन्तिम खेलमा नाईजेरियालाई पराजित गर्दै अर्जेन्टिनाले प्रि क्वार्टरफाईनलमा स्थान पक्का गरेको हो । उसले समुह चरणमा एकमा जित, एक हार र एकमा बराबरीको नतिजा निकालेको थियो । फ्रान्स समुह सीबाट ७ अंक सहित विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।
अर्को खेलमा समुह डीको विजेता क्रोएसियाले समुह सीको उपविजेता डेनमार्कसंग प्रतिस्पर्धा गर्ने भएको छ । समुह चरणमा अपराजित रहदै ९ अंक सहित नकआउट चरण प्रवेश गरेको क्रोएसियाले क्वार्टरफाईनल प्रवेशकालागि डेनमार्कसंग प्रतिस्पर्धा गर्ने तय भएको हो ।