काठमाडौं । एसियन हक्की महासंघको कंग्रेस तथा निर्वाचनले नेपाललाई महासंघको नयाँ कार्यसमितिको सदस्यमा चयन गरेको छ ।
जापानको जिफु शि सहरमा शुक्रबार सम्पन्न निर्वाचनले महासंघको कार्यकारी समितिमा नेपाल हक्की संघका बरिष्ठ उपाध्यक्ष अनिल प्रसाद शर्मालाई ४ बर्षे कार्यकालका लागि सदस्यमा निर्विरोध निर्वाचित गरेको संघका सचिव रन्जन थापाले जानकारी गराए ।
महासंघको कंग्रेसले मलेसियाका राजा अब्दुल्लाह विन सुल्तान अहमद शाहलाई महासंघको संरक्षकमा चयन गर्दै जापानका दातो फुमिओ ओगुराको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यकारी समितिमा चयन गरेको हो ।