एजेन्सी । विश्वकप फुटबलमा क्रोएसियाविरुद्धको खेलमा आइसल्याण्डले पेनाल्टीमार्फत गोल गरेको छ । दोस्रो हाफको खेल जारी रहदाँ आईसल्याण्डका गिल्फ सिगरसनले गोल गरेका छन् । उनले पेनाल्टीमार्फत ७६ औ मिनेटमा पेनाल्टी गोल गरेका हुन् ।
खेलमा अग्रता क्रोएसियाले ५३ औ मिनेटमा बाडिलको गोलमार्फत लिएको थियो । क्रोएसियाले समुह चरणको अन्तिम खेलमा ९ खेलाडी परिवर्तन गरेको छ । आईसल्याण्डको जितले उसको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बन्नेछ ।
नकआउट चरण पुगिसकेको क्रोएसियाको ६ अंक छ । आईसल्याण्ड एक अंक सहित तेस्रो स्थानमा छ ।