काठमाडौं । ओलम्पिक तयारीमा रहेका लामो दुरीका नेपाली धावकहरुको विशेष प्रशिक्षण सुरु भएको छ ।
सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकको तयारीमा रहेका धावकहरुका लागि बुधबारबाट प्रशिक्षण सुरु गरिएको हो । सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटिको भवनमा सुरु प्रशिक्षण आगामी मंगलबारसम्म चल्नेछ ।
नेपाली टोलीलाई जापानबाट आएका प्रशिक्षकहरुले प्रशिक्षण गराउने छन् । नेपाली टोलीलाई प्रशिक्षण दिन जापानका पुर्व ओलम्पियन तथा प्रशिक्षक युरिका नाकामुरा र सहायक प्रशिक्षण शोको सुजुकीले प्रशिक्षण दिनेछन् ।
प्रशिक्षण कार्यक्रममा खेलाडी, प्रशिक्षक गरि ३५ जनाको सहभागिता रहेको छ ।
नेपालका लागि जापानी राजदुत मासामीचि सिगोले प्रशिक्षणको उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष पुरेन्द्र बिक्रम लाखे, ओलम्पिक तयारीमा सहयोग गरिरहेको टमुरा सिटीको मेयर जिनिची होन्डा, एथ्लेटिक्स सोसाइटी सोको आकोई, ओलम्पिक कमिटिका सदस्य निलेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।