इटहरी । मिकी गुरूङ र एलिसा मगर आईटिएफ तेक्वान्दोको प्रदेश १ को छनोट खेलमा स्वर्ण जित्दै आठौं राष्ट्रिय खेलकुदका लागि छनोट भएका छन् ।
प्रदेश ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि जारी छनोटमा झापाकी निक्कीले ७० देखी ७५ केजी तौल समूहमा झापाकी निक्कीले सुनसरीकी प्रतिष्ठा कटवाललाई तथा ७५ केजी माथी झापाकी एलिसाले सुनसरीकी दिबया खत्रीलाई हराउदै स्वर्ण जितेका हुन् ।
महिला ४० देखी ४५ केजी तौल समूहमा सुनसरीकी, सोनिया बस्नेतले भोजपुरकी दिक्षा लिम्बूलाई पराजित गर्दै स्वर्ण जितिन् । ६५ देखी ७० केजी तौल समूहमा झापाकी रेखा लिम्बूले मोरङकी प्रकृति कार्कीलाई हराउदखै स्वर्ण जितिन् ।
लेटाङ नगरपालिका स्थित जनसेवा खेल मैदानमा भएको पुरुष ४५ देखी ५० केजी तौल समूहमा भोजपुरका विषेश राईले मोरङका प्रथम कार्कीलाई हराउदै स्वर्ण जितेका छन् । प्रथम हुने सवैले प्रदेश १ बाट छनौटमा परेका छन्।
आठौं राष्ट्रिय खेलकुद प्रदेश १ को कराँतेको पुरुष कुमुतेको ५५ केजी तौल समूहमा मोरङका बिवेक थापा र झापाका मनिस उप्रती फाईनलमा प्रवेश गरेका छन् । पुरुष ६० केजीमा खोटाङका सन्तोष राई र मोरङका किशोर कोईरालाले फाईनल भिडन्त पक्का गरेका छन् ।
पुरुष ६७ केजीमा मोरङका रोदन खड्का र धनकुटाका लोकेन्द्र राई फाईनल प्रवेश गरेका छन् । त्यसै गरि महिला ५५ केजीमा खोटाङकी बिद्याकला राई र सुनसरीकी अभिात राई फाईनलमा प्रवेश गरेका छन्। महिला ६१ केजीमा सुनसरीकी इन्द्रमाया राई र संखसबाकी संगिता लिम्बु तथा महिला ६८ केजीमा खोटाङकी जस्मीना राई र इलामकी समिक्षा लाप्ताले उपाभि भिड्रन्त पक्का गरे ।
प्रदेश १ कौ छनोट अन्तर्गत ४९ केजी तौलमा उदयपुरका लक्ष्मण राईले भोजपुरका विशाल राईलाई हराउँदै फाइनल पुगेका छन् । ५६ केजीमा प्रदिप खालिङ राईले खोटाङका अनुप थुलुङ राईलाई हराए । सोही समूहमा झापाका सुरेन्द्र राईले धनकुटाका रोजन श्रेष्ठलाई हराउदै फाइनल प्रवेश गरे । ६० केजी समूहमा विजय राई र तोविन प्रधानले फाइनल भीडन्त पक्का गरेका छन् ।
उदयपुरका विजयले खोटाङका अभिषेक राईलाई इलामका तोविनले संखुवासभाका नविन गुरुङलाई सेमीफाइनलमा पराजित गरे । ६४ केजीमा सुनसरीका जेनिस तुलाधर फाइनल प्रवेश गरे । सोही समुहमा पाँचथरका जितबहादुर खवासले जित निकाल्दै फाइनलमा स्थान बनाए । ६९ केजी समुहमा उदयपुरका प्रेमबहादुर खत्रीले जित हात पारे । सोही समूहमा इलामका सुजन तामाङलाई हराउदै सुनसरीका राजेश गुरुङ फाइनल प्रवेश गरे । ७५ केजी तौल समूहमा उदयपुरका अजित मगरले फाइनलमा स्थान बनाए ।
७५ केजी तौल समूहमै इलामका राजु विकले आफनो स्थान सुरक्षित गरे । त्यसै गरी इलामका ओमराज गुरुङलाईु हराउदै झापाका प्रसिस रुचाल फाइनल प्रवेश गरे । सोही समूहमा मोरङका आयुश कुमार केसी फाइनल प्रवेश गरे । ९१ केजी तौल समूहमा सुनसरीका कपिल राईलाई हराउदै झापाका इसाक जनक शाही फाइनल प्रवेश गरे । सोही समूह अन्तर्गत नै मोरङका सुवास राजवंशीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरे ।
प्रदेश १ को टेबल टेनिस छनोट पनि काकरभिटमा बिहिवार देखि सुरु भएको छ । प्रतियोगिताको उद्घाटन मेची नगर प्रमुख बिमल आचार्य र पूर्वाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष रविन नगरकोटीले टेबल टेनिस खेल्दै उद्रघाटन गरे । १४ जिल्लाका खेलाडीले महिला एकल र पुरुष एकलका लागि प्रतिस्पर्धा गिर्ने छन् ।
प्रतियोगितामा सहभागि जनाउन भोजपुर जिल्लाबाट प्रतिनिधित्व गरेकी कक्षा ५ मा अध्यानरत खेलाडी सुलेखा ठाकुर ८ बर्षकी कान्छि खेलाडी हुन् । उनले यसै साल काठमाण्डौंमा संचालन भएको एन्टा कप नेश्नल जुनियर च्याम्पियनशिपमा यू–१० मा कास्य जितेकी थिईन् ।