काठमाडौं । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आउँदो शनिबार राष्ट्रिय रिङ्ग रेस्लिङ च्याम्पियनसिप हुने भएको छ। लैनचौरस्थित टिटी हलमा हुने च्याम्पियनसिपमा नेपालका अन्तराष्ट्रिय रेसलर नुवाकोटे टाईगरले समेत खेल्ने छन् ।
च्याम्पियनसिपको विजेताले ७० हजार रुपैयाँ प्राप्त गर्ने संघकी अध्यक्ष सुनिता थापाले बताईन् । त्यसैगरी दोस्रो हुने २० हजार र तेस्रो हुने खेलाडीले १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतियोगितामा हार्डकोर म्याच सर्वाधिक आकर्षक हुने छ । फाइनल पुग्ने खेलाडीबिच हार्डकोरम्याच हुने छ । त्यसैगरि ट्रिपल थ्रिड, सिंगल थ्रिड, ट्रयाग टिमलगायतका म्याच हुने बताइएको छ ।
प्रतियोगितामा अन्तर्राष्ट्रिय रेस्लिङ खेलाडी नुवाकोटे टाइगर सहित दि युग, डेविट, डाकुर, सानु, रावल, ए्रक्स हिरो, टुप्पि ग्याङ्ग, चटानलगायतको सहभागीता हुने छ ।
त्यसैगरी महिलातर्फ विलाशा, डेनिका, सोफीले प्रतिस्पर्धा गर्ने छन् । रेफ्रीमा कुवेर केसी, प्रदिप पाण्डे, विकास खड्का रहने छन् ।
संघले खेलाडी उत्पादन गर्ने उद्देश्यले एकेडेमीसमेत संचालन गरेको छ । सो प्रतियोगिताका दर्शकका लागि टिकटको मुल्य २ सय तोकिएको छ भने १० बर्ष मुनिका दर्शका लागि १ सय तोकिएको छ ।