एजेन्सी । विश्वकप फुटबलमा समुह डी अन्तर्गत आइसल्याण्ड र क्रोएसियाबीचको खेल सुरु भएको छ । नकआउट चरण पुगिसकेको क्रोएसिया र अन्तिम चरण पुग्ने सम्भावना बोकेको आईसल्याण्डबीचको खेल रोस्तोभ एरिनामा सुरु भएको हो ।
क्रोएसियाले समुह चरणको अन्तिम खेलमा ९ खेलाडी परिवर्तन गरेको छ । आईसल्याण्ड आजको खेलमा जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनाउ चाहन्छ ।
नकआउट चरण पुगिसकेको क्रोएसियाको ६ अंक छ । आईसल्याण्ड एक अंक सहित तेस्रो स्थानमा छ ।