काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने आठौं राष्ट्रिय खेलकुदको प्रदेश नम्बर १ को प्रदेश स्तरीय छनोट प्रतियोगिता मंगलबारबाट विराटनगरमा सुरु भएको छ ।
आठौं राष्ट्रिय खेलकुदमा समाबेस ३५ खेल मध्ये फुटबल,एथलेक्सि,भारोत्तोलन,टेबलटेनिस, क्रिकेट,भलिबल,तेक्वान्दो, कबड्डी,खोखो,उसु,बास्केटबल,ब्याडमिन्टन,कराँते,ह्याण्डबल,चेस,पौडी,सुटिङ,कुस्ती,आईटिएफ तेक्वान्दौ,सेपाकताक्रो,फुलकन्याक कराँते, हक्की र स्क्वास गरि २५ खेलको छनोट सुरु भएको हो ।
आठौंमा लनटेनिस,साईकलिङ,आर्चरी,फिन्सिङ,गल्फ,प्याराग्लाईडिङ, ट्रायथलन,सफ्टेनिस,जिम्यास्टिक र शारिरिक सुगठन खेल भने राष्ट्रिय प्रतियोगिताका लागि संघबाट स्वःत छनोट भएका छन् ।
छनोट अन्तर्गत कराँतेको महिला एकल कातामा खोटाङकी रेश्मा राईले स्वर्ण जितेकी छन् । रेश्माले मोरङकी स्वस्तिका राईलाई पराजित गरिन् । महिला एकल कातामै इलामकी बिमोचन गुरुङ र सर्मिला श्रेष्ठले कास्य जिते । पुरुष कातामा सुनसरीका रोहित राई सेमिफाईल प्रवेश गरेका छन् ।
बक्सिङको महिला ४८ केजी तौलमा भोजपुरकी प्रतिमा राईले क्वाटरफाईनलमा स्थान बनाएकी छन् । प्रतिमाले उदयपुरकी सुस्मिता तामाङलाई एबीडीका आधारमा पराजित गरिन् । त्यस्तै पुरुष ५६ केजी तौल समूहमा धनकुटाका रोशन श्रेष्ठ र झापाका सुरेन्द्र राई क्वाटरफाईनलमा प्रवेश गरेका छन् ।
धनकुटाका रोशनले मोरङका पियूष शर्मालाई अंकका अधारमा हराउदा झापाका सुरेन्द्रले सुनसरीका पावेल राई आरएसीका आधारमा पराजित गरे । पुरुष ६० केजीमा इलामका तोविन प्रधानले घनकुटाका नविन लिम्बुलाई आरएसीका आधारमा हराउदै क्वाटरफाईनलमा स्थान बनाए ।
फाल्गुन ११ गते सम्म संचालन हुने बक्सिङमा महिलातर्फ ६ तथा पुरुषतर्फ १० तौल समूह रहेका छन् ।