काठमाडौं । आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने महिला क्रिकेट र जुडो खेलाडीको टुंगो लागेको छ ।
छनोट भएका १४ सदस्यीय महिला क्रिकेट टोलीमा सिरहाका ७, महोत्तरीका ४, धनुषाका १ र बाराका २ खेलाडी परेका छन् ।
सिरहाबाट सरस्वती चौधरी, सन्तोषीकुमारी चौधरी, कविता गौतम, उर्मिला चौधरी, शान्ती चौधरी, आरती चौधरी, अनुराधा चौधरी, महोत्तरीबाट निरकुमारी बलपाकी, गोमा आले, दुर्गा कार्की र शोभा आले, धनुषाकी रोजी कोदारी तथा बाराका पूजा गिरी र निशा गिरी रहेका छन् ।
जुडोमा ६ पुरुष र ५ महिला गरी ११ खेलाडी छानिए । पुरुष ६० केजीमुनि राजु शर्मा भडाल, ६६ केजीमुनि हिमान्शु गुप्ता, ७३ केजीमुनि आर्यनकुमार पटेल, ८१ केजीमुनि गुड्डुकुमार सकानु, ९० केजीमुनि मुकेशकुमार ठाकुर र १०० केजीमुनि मनमोहन पाण्डे छनोट भए । छनोट हुने सबै पर्साका हुन् ।
महिला ४८ केजीमुनि पूजाकुमारी श्रीवास्तव, ५२ केजीमुनि प्रकृति मल्ल, ५७ केजीमुनि अभिलेखाकुमारी चौधरी, ६३ केजीमुनि विजिता श्रेष्ठ र ७८ केजीमुनि कविताकुमारी चौधरी छन् ।
अभिलेखा र कविता सप्तरीका हुन् भने बाँकी सबै पर्साका हुन् ।