काठमाडौं । आठौं राष्ट्रिय खेलकुदमा प्रदेश २ बाट सहभागी हुने टेबलटेनिस खेलाडीको छनोट पूरा भएको छ । समान ५–५ पुरुष\महिला गरी १० खेलाडी छनोट भएको छनोट आयोजक प्रदेश नम्बर २ खेलकुद विकास समितिले जनाएको छ ।
पुरुषमा धनुषाका नवीनकुमार सिंह र दीपकबहादुर सिंह, सप्तरीका अभिषेक झा, महोत्तरीका सुमितकुमार झा तथा सर्लाहीका रुधन चौधरी छनोट भए । महिलामा पर्साकी मारिया थापा मगर, महोत्तरीकी दीपा शाह, अस्मिता यादव र दीपिका भगत तथा पर्साकी सिजा अर्याल छानिए ।
यता, गण्डकी प्रदेश छनोटअन्तर्गत पुरुष ह्यान्डबलमा कास्कीले स्वर्ण जितेको छ । फाइनलमा कास्कीले बागलुङलाई ३६–१० गोल अन्तरले पराजित गर्यो । नवलपुरले स्याङजालाई हराउदै काश्य हात पार्यो ।
छनोट अन्र्तगत सोमबार आईटिएफ तेक्वान्दोका खेल सम्पन्न भएको छ । विजेता खेलाडीलाई गण्डकी प्रदेश सांसद कृष्ण थापाले पदक तथा प्रमाणपत्र वितरण गरेको खेलाडी व्यवस्थापन समितीका संयोजक दिपक तिमिल्सिनाले बताए । अब क्रिकेट छनोटका खेल सुरु भएका छन ।