एजेन्सी । विश्वकप फुटबलमा समुह चरणको अन्तिम खेलमा नाईजेरियाविरुद्ध भिड्न लागेको अर्जेन्टिनाले टिममा ५ खेलाडी परिवर्तन गरिएको छ ।
निरन्तरको खराब प्रर्दशनपछि अर्जेन्टिनी टिममा पाँच खेलाडी परिवर्तन गरिएको हो ।
अर्जेन्टिनाले स्ट्राईकर सर्जियो अग्युरो र काबालेरोलाई बेन्चमा राखेकोछ । गोन्जालो हिगुईन र एन्जल डि मारिया प्लेईङ सेटमा अटाएका छन् ।
प्रशिक्षक जर्ज साम्पोलीले गोलकिपरमा परिवर्तन गर्दै अर्मानीलाई मौका दिएका छन् ।
अर्जेन्टिना विश्वकप फुटबलमा नकआउट चरण प्रवेश गर्न संघर्ष गरिरहेको छ । नाईजेरियाविरुद्धको खेलमा अर्जेन्टिनालाई ठुलो अन्तरको जित आवश्यक छ ।
उसले पहिलो खेलमा आइसल्याण्डसंग बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा क्रोएसियासंग ३–० को लज्जास्पद हार ब्यहोरेको थियो । अर्जेन्टिना एक अंक सहित तालिकाको पुछारमा छ ।