एजेन्सी । अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई समर्थन गर्न श्रीमती एन्टोनिला रुकुज्जो रंगशाला पुगेकी छिन् ।
विश्वकप फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेलमा नाईजेरियाविरुद्ध उत्रन लागेका मेस्सीलाई हौसला प्रदान गर्न उनकी श्रीमती रुकुज्जो मैदान पुगेकी छिन् ।
मेस्सीको विश्वकप जित्ने सपनामासाथ दिन रुकुज्जो साथिहरुसंग सेन्टपिटर्सवर्ग रंगशालामा पुगेकी हुन् ।
अर्जेन्टिना विश्वकप फुटबलमा नकआउट चरण प्रवेश गर्न संघर्ष गरिरहेको छ । नाईजेरियाविरुद्धको खेलमा अर्जेन्टिनालाई ठुलो अन्तरको जित आवश्यक छ ।
उसले पहिलो खेलमा आइसल्याण्डसंग बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा क्रोएसियासंग ३–० को लज्जास्पद हार ब्यहोरेको थियो ।
