काठमाण्डौं । ‘स्मार्ट एण्ड हेल्थी बेबी प्रतियोगिता’ आगामी असार ३० गते काठमाण्डौंमा आयोजना हुने भएको छ । प्रत्योगितामा शिशुको स्वास्थ्य जाँच, स्वास्थ्य परामर्श, बेबी रेस, नृत्य प्रतियोगिता, डैडी डायर , निउट्रीसन टिप्स र आमा क्युई लगायतका स्पर्धा समाबेश हुनेछन ।
बालबालिकाको व्यक्तित्व विकास र बालबालिकालाई मनोरञ्जन गराउने उदेश्यले सो प्रत्योगिताको आयोजना गरिएको हो । सो प्रतियोगितामा एउटै छानामुनि बिभिन्न खालका बालबालिकासंग सम्बन्धित स्टलहरुको प्रर्दशनी समेत आयोजना गरिने आयोजक राइट पाथ बिजनेशले जनाएको छ ।
प्रतियोगितामा ६ महिना उमेर समुह देखि ५ वर्ष सम्मका बालबालिकाले भाग लिन पाउनेछन् । प्रतियोगितामा भाग लिनका लागि एक सय पचासको फारम शुल्क र एउटा पासपोर्ट साईजको फोटो आवश्यक पर्नेछ ।
प्रत्येक स्पर्धाबाट एक एक जना विजेताको घोषणा गरिने आयोजकले जनाएको छ । बिजेतालाई नगद सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक संस्थाकी प्रबन्ध निर्देशक आश्मा वमले जानकारी दिनुभयो । एक दिने कार्यक्रम बिहान ८ः३० देखी दिउँसो २ः३० सम्म काठमाडौंको शंखमुलस्थित ज्ञान निकेतन स्कुलमा हुनेछ ।