एजेन्सी । विश्वकप फुटबल अन्तर्गत नकआउट चरण प्रवेशको सम्भावना बोकेको अष्ट्रेलिया समस्यामा परेको छ । दोस्रो हाफको खेल जारी रहदाँ पेरुले २–० को अग्रता लिएको छ ।
खेलको १८ औ मिनेटमा पेरुका आन्द्रे काररिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ५० औ मिनेटमा जोसे पाब्लोले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका छन् । समुह चरणको अन्तिम खेलमा दुवै टोली प्रतिस्पर्धा गरिरहेका छन् ।
नकआउट चरण पुग्ने गणितिय सम्भावना बाँकी रहेको अष्ट्रेलियालाई जित आवश्यक छ । साथै अर्को खेलमा डेनमार्क धेरै गोल अन्तरले पराजित हुने समिकरण समेत तयार हुनुपर्नेछ । फ्रान्सको २ खेलबाट ६ अंक छ ।
दोस्रो स्थानको डेनमार्कको ४ र अष्ट्रेलियाको १ अंक छ । प्रतियोगिताबाट बाहिरिसकेको पेरु अंक विहिन छ ।