काठमाडौ । नेपालकी विनिता राई अमेरिकाको लास भेगासमा हुने मिस्टर ओलम्पियामा छनोट भएकी छिन् ।
काठमाडौंमा शनिबार भएको आईएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपमा ओमन फिजिकमा स्वर्ण जित्दै उनी मिस्टर ओलम्पियामा छनोट भएकी हुन् ।
स्वर्णसंगै उनले मिस्टर ओलम्पिया खेल्ने प्रो कार्ड प्राप्त गरेकी छिन् ।
शनिबार काठमाडौंको प्रज्ञाप्रतिष्ठानमा भएको ओमेन फिजिकको स्पर्धामा विनिताले कुनै प्रतिद्वन्दि सामना गर्न परेन ।
मिस्टर ओलम्पियामा सहभागिता जनाउन नेपालमा प्रो कार्डको च्याम्पियनसिप गराईएको हो । विभिन्न स्पर्धामा विश्वभरका २० खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए ।