काठमाडौं । बुढासुब्बा गोल्डकपको २१ औँ संस्करणको उपाधिका लागि आयोजक धरान फुटबल क्लब र क्यामरुनको दाउफिन्स फेमीली भिड्दैछन् ।
खेल धरान रंगशालामा सुरु भएकाे छ । क्यामरुनको दाउफिन्सले मनकामना केवलकार पोखरा कपको उपाधि उचालेको थियो । आयोजक पहिलो पटक आफ्नै मैदानमा उपाधि रक्षा गर्न चाहन्छ ।
आयोजक धरानले कालकत्ताको टिम र संकटा क्लबलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो ।
धरान फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा ८ टिम सहभागी रहेका छन् । विजेताले ८ लाख पाउनेछ । यस्तै उपविजेता टिमले ४ लाख प्राँप्त गर्नेछ ।