एजेन्सी । फिफा विश्वकप फुटबल अन्तर्गत अहिले जारी डेनमार्क र फ्रान्सबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।
लुजिनिकी रंगशालामा दुवै टोलीले पाएको मौकामा गोल गर्न नसक्दा बराबरी खेलेका हुन । समूह सी मा रहेको दुवै टोली समूह चरणको अन्तिम खेल खेल्न मैदान उत्रिएका हुन् ।
यो खेलमा फ्रान्स डेनमार्कलाई हराउदै समूह बिजेता बन्न चाहन्छ । डेनमार्क फ्रान्सलाई हराएर नकआउट चरण पुग्न चाहन्छ । यस्तोमा दुवै खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
समूह चरणको दुई खेल सकिदा फ्रान्सको ६ अंक छ । डेनमार्कको ४ अंक छ ।