काठमाडौं । हिरो गोल्डकप फुटबलको उपाधि भिडन्तमा नेपाल र म्यानमार प्रतिस्पर्धा गरिरहेका छन् । दोस्रो हाफको खेलमा म्यानमारले फराकिलो अग्रता बनाएको छ ।
खेलको ६३ औ मिनेटमा डि बक्स बाहिरबाट गोल गर्दै म्यानमारले ३–१ को अग्रता बनाएको हो । खेलको ५३ औ मिनेटमा नेपालको कमजोर डिफेन्डको फाईदा उठाउँदै म्यानमारले खेलमा पुन अग्रता लिएको थियो ।
खेलको सुरुवातमा पछाडी परेको नेपाल मन्जली कुमारी योञ्जनको गोलमा खेलमा फर्किएको थियो ।
पहिलो हाफको अन्तिम समयमा मञ्जलीले गोल गर्दै नेपाललाई बराबरीमा ल्याउन सफल भएकी थिईन् । कालिङ्गा रंगशालामा पहिलो हाफको ३४ औ मिनेटमा म्यानमारले अग्रता लिएको थियो ।
उपाधि जित्ने लक्ष्य सहित मैदान उत्रिएको नेपाललाई दबाबमा राख्न म्यानमार सफल भएको छ ।
लिग चरणको पहिलो खेलमा नेपाली टिम म्यानमारसंग ३–० ले पराजित भएको थियो ।