एजेन्सी । विश्वकप फुटबल अन्तर्गत अष्ट्रेलियाविरुद्धको खेलमा पेरुले अग्रता लिएको छ । खेलको १८ औ मिनेटमा पेरुका आन्द्रे काररिलोले गोल गर्दै अग्रता दिलाएका छन् ।
समुह चरणको अन्तिम खेलमा दुवै टोली प्रतिस्पर्धा गरिरहेका छन् । नकआउट चरण पुग्ने गणितिय सम्भावना बाँकी रहेको अष्ट्रेलियालाई गोल ब्यहोरेसंगै समस्यामा परेको छ ।
आफ्नो जित र अर्को खेलमा डेनमार्क धेरै मतान्तरले पराजित भए अष्ट्रेलिया गोल अन्तरका आधारमा नकआउट चरण पुग्ने सम्भावना बाँकी छ । फ्रान्सको २ खेलबाट ६ अंक छ ।
दोस्रो स्थानको डेनमार्कको ४ र अष्ट्रेलियाको १ अंक छ । प्रतियोगिताबाट बाहिरिसकेको पेरु अंक विहिन छ ।