एजेन्सी । विश्वकप फुटबल अन्तर्गत अष्ट्रेलिया र पेरुबीचको खेल सुरु भएको छ । समुह चरणको अन्तिम खेलमा दुवै टोली भिड्न लागेको हुन् ।
नकआउट चरण पुग्ने गणितिय सम्भावना बाँकी रहेको अष्ट्रेलियाले पेरुलाई पराजित गर्दै फ्रान्स र डेनमार्कको नतिजालाई पर्खने छ । अर्को खेलमा डेनमार्क धेरै मतान्तरले पराजित भए अष्ट्रेलिया गोल अन्तरका आधारमा नकआउट चरण पुग्ने सम्भावना बाँकी छ ।
फ्रान्सको २ खेलबाट ६ अंक छ । दोस्रो स्थानको डेनमार्कको ४ र अष्ट्रेलियाको १ अंक छ । प्रतियोगिताबाट बाहिरिसकेको पेरु अंक विहिन छ ।