एजेन्सी । फिफा विश्वकप फुटबलमा अहिले समूह सी मा रहेको डेनमार्क र फ्रान्स प्रतिस्पर्धाको लागि मैदान उत्रिएका छन् । दुवै टोलीले समूह चरणको अन्तिम खेल खेल्न मैदान उत्रिएका हुन् ।
लुजिनिकी रंगशालामा मैदान उत्रदा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रेका छन् । फ्रान्स डेनमार्कलाई हराउदै समूह बिजेता बन्न चाहन्छ । डेनमार्क फ्रान्सलाई हराएर नकआउट चरण पुग्न चाहन्छ । यस्तोमा दुवै खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।
समूह चरणको दुई खेल सकिदा फ्रान्सको ६ अंक छ । डेनमार्कको ४ अंक छ ।