काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको शारीरिक सुगठनको विश्वकप मानिने मिस्टर ओलम्पियाको प्रो क्वालिफायरको तयारी पुरा भएको छ ।
आयोजक आईएफबिबि लिग नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै फागुन ३ गतेदेखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ ।
प्रतियोगितामा १८ राष्ट्रका खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् । सहभागिले ४ स्पर्धामा प्रो कार्डका लागि नेपालमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा मेन्स फिजिक, मेन्स क्लासिक फिजिक, मेन्स बडिबिल्डिङ र महिलातर्फको ओमन फिजिक स्पर्धा समावेश गरिएको छ ।
यस्तै प्रतियोगिताका लागि विश्व बडिबिल्डिङका विश्व प्रशिद्व खेलाडी रोली विङ्कलार बिहिबार नेपाल आईपुग्ने भएका छन् । यस बर्षका ‘आर्नोल्ड क्लासिक’ विजेता विङ्कलार बिहिबार अपरान्ह नेपाल आईपुग्ने आयोजकले जनाएको छ ।
विश्वका सबै भन्दा ठुलो ज्यान भएका व्यक्ति भनेर चिनिने विङ्कलर ४ दिन नेपालमा बस्नेछन् ।