मंगलबार, ०५ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

समराले रचेको इतिहास व्यर्थ

मंगलबार, ०५ फाल्गुण २०८२खेलपाटी संवाददाता
समराले रचेको इतिहास व्यर्थ
Loading ad...
mustang rice ad

काठमाडौं। आईसीसी टी–२० विश्वकपअन्तर्गत चेन्नईमा भएको खेलमा न्युजिल्यान्डले क्यानडालाई आठ विकेटले पराजित गर्दै सुपर ८ चरणमा स्थान सुरक्षित गरेको छ।

क्यानडाका युवा ब्याटर युवराज सामराको कीर्तिमानी शतक व्यर्थ जाँदा न्युजिल्यान्ड सहज जित निकाल्न सफल भयो।

पहिले ब्याटिङ गरेको क्यानडाले ४ विकेट गुमाएर १७३ रनको प्रतिस्पर्धात्मक स्कोर बनाएको थियो। १९ वर्ष १४१ दिनका युवराज सामराले ६५ बलमा ११० रनको विस्फोटक इनिङ्स खेले।

यो प्रतियोगिताको इतिहासमा कुनै एसोसिएट टोलीका ब्याटरले पूर्ण सदस्य राष्ट्रविरुद्ध बनाएको सबैभन्दा ठूलो व्यक्तिगत स्कोर हो। साथै, उनी पुरुष टी–२० विश्वकप खेलमा अर्धशतक पार गर्ने सबैभन्दा कम उमेरका खेलाडी पनि बने।

तर, क्यानडाका बलर र फिल्डरले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेनन्। न्युजिल्यान्डका टिम सिफर्ट र फिन एलेनलाई पहिलो चार ओभरमै आउट गरे पनि त्यसपछि ग्लेन फिलिप्स र रचिन रविन्द्रले खेल आफ्नो पक्षमा मोडिदिए।

ग्लेन फिलिप्सले ३६ बलमा अविजित ७६ रन बनाए भने रचिन रविन्द्रले ३९ बलमा अविजित ५९ रन जोडे। दुवैले तेस्रो विकेटका लागि मात्र ७३ बलमा १४६ रनको साझेदारी गर्दै टोलीलाई ४.५ ओभर बाँकी छँदै जित दिलाए।

न्युजिल्यान्डका प्रमुख बलर लोकी फर्गुसन (पहिलो सन्तानको जन्मका कारण स्वदेश फर्किएका) र मिचेल स्यान्टनर (खानपान समस्याका कारण अनुपस्थित) बिना मैदान उत्रिएको टोलीको बलिङ आक्रमण कमजोर देखिएको थियो, जसको फाइदा सामराले खुलेर उठाए। उनले जेम्स नीशाम र कोल म्याकन्कीमाथि लगातार आक्रामक प्रहार गर्दै ३६ बलमा अर्धशतक पूरा गरे।

दिलप्रीत बाजवासँग पहिलो विकेटका लागि १४ ओभरमा ११६ रनको साझेदारी गरेका सामराले ५८ बलमा शतक पूरा गरे। १०३ रनमा उनी जीवनदान पाएका थिए, जब जेम्स नीशामले म्याट हेनरीको बलमा ‘लङ अन’ मा सजिलो क्याच छोडे। अन्ततः अन्तिम ओभरमा ग्लेन फिलिप्सले ‘डिप ब्याकवर्ड स्क्वायर लेग’मा दोस्रो प्रयासमा क्याच लिँदा सामराको सानदार इनिङ्स समाप्त भयो।

सामराको ऐतिहासिक शतकले क्यानडालाई बलियो स्थितिमा पुर्‍याए पनि फिलिप्स–रविन्द्र जोडीले उत्कृष्ट जवाफी प्रदर्शन गर्दै न्युजिल्यान्डलाई महत्वपूर्ण जित दिलायो।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

जितविहीन नेपाल

जितविहीन नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
समराले रचेको इतिहास व्यर्थ

समराले रचेको इतिहास व्यर्थ

अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

सबैभन्दा कम उमेरमा शतक बनाउने खेलाडीको सूचीमा युवराज

जितविहीन नेपाल

जितविहीन नेपाल

एनकेएल दोस्रो सिजन जेठमा

एनकेएल दोस्रो सिजन जेठमा

एन्फाको निर्वाचन फागुन २७ गते हुने

एन्फाको निर्वाचन फागुन २७ गते हुने

सकसमा अस्ट्रेलिया

सकसमा अस्ट्रेलिया

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक

छिटो सिक्न नसक्ने बानीले नेपाली टोलीमा असर गर्‍यो : प्रशिक्षक निक