अरुको हारको कामना गरिरहेको अस्ट्रेलिया

काठमाडौं। आईसीसी टी–२० विश्वकपमा समूह चरण अन्तिमतिर पुग्दै गर्दा सुपर ८ प्रवेशको दौड अत्यन्तै रोचक बनेको छ।
समूह ‘बी’ अन्तर्गत सोमबार सम्पन्न खेलमा श्रीलंकाले लगातार तेस्रो जित निकाल्दै सुपर ८ मा स्थान सुरक्षित गरेको छ। उक्त खेलमा श्रीलंका ८ विकेटले विजयी भएको थियो।
अब बाँकी टोलीको भविष्य अन्तिम खेलको नतिजामा निर्भर रहनेछ। श्रीलंकाले हराएपछि २०२१ को च्याम्पियन अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिने खतरा बढेको हो।
यसअघि टोली जिम्बाब्वेसँग पनि २३ रनले पराजित भएको थियो। अस्ट्रेलियाको एक मात्र जित भनेको आयरल्यान्डविरुद्ध नै हो। उक्त खेलमा अस्ट्रेलिया ६७ रनले विजयी भएको थियो।
अब अस्ट्रेलियाले ओमानविरुद्ध अन्तिम खेल जित्नैपर्छ। यसका साथै जिम्बाब्वेले बाँकी दुवै खेल (श्रीलंका र आयरल्यान्डसँग) हार्नुपर्नेछ। साथै रनरेट पनि उत्कृष्ट हुनुपर्छ।
जिम्बाब्वेले यदि बाँकी दुईमध्ये एक खेल मात्र जिते पनि श्रीलंकासँगै सुपर ८ मा पुग्नेछ।









-1771251202949.avif&w=3840&q=75)


