रोहितलाई ६१ लाखको कार र बाइक

काठमाडौं। कप्तान रोहितकुमार पौडेलले आफूले मात्र उत्कृष्ट खेलेनन्, लुम्बिनी लायन्सलाई पनि उस्तै खेलाउँदै नेपाल प्रिमियर लिग (एनपीएल) को च्याम्पियन बनाइदिए।
लुम्बिनीलाई च्याम्पियन बनाउन ब्याटिङ र बलिङ दुवैमा उनले योगदान गरेका थिए। योसँगै उनले ६१ लाख रुपैयाँ पर्ने ओमोडा जाइको जे-५ कार (ईभी) पाए।
उनी दोस्रो संस्करणमा सर्वाधिक रन प्रहार गर्ने खेलाडीको दोस्रो स्थानमा रहे। नेपाली ब्याटरमा त फाइनलमा लुम्बिनीसँगै ६ विकेटले पराजित भएको सुदूरपश्चिम रोयल्सका ओपनर विनोद भण्डारीलाई उछिन्दै शीर्ष स्थानमा रहे। उनले १० खेलमा २७६ रन रन प्रहार गरे। यद्यपि, उनले अर्धशतक प्रहार गर्न सकेनन्।
भण्डारीले भने अर्धशतकसहित २६० रन बनाए। फाइनलमा उनले २ बल खेले पनि रन जोड्न भने सकेनन्। प्रतियोगितामा नेपालबाट सबैभन्दा धेरै रन बनाउने ब्याटर बनेसँगै रोहिलते एक थान पल्सर मोटरसाइकलसमेत पाए।
बलिङतर्फ उनले १० विकेट लिए। फाइनलमा ओभर फ्याँकेका उनले १२ रन खर्चिएर ३ विकेट लिएका थिए।
लुम्बिनी लायन्सकै बलर शेर मल्ल प्रतियोगिताको उदीयमान खेलाडी चुनिए । उनले एउटा थान पल्सर मोटरसाइकल प्राप्त गर । प्रतियोगिताको उत्कृष्ट बलर बनेका विराटनगरका कप्तान सन्दीप लामिछानेले पनि एक थान पल्सर मोटरसाइकल हात पारे। यी दुवैले समान १७ विकेट लिएका थिए। शेरले भने फाइनलमा ३ विकेट थप लिएका हुन्।
‘इनर्जेटिक प्लेयर अफ दी टुर्नामेन्ट’ बनेका सुदूरपश्चिमका बलर अभिनाश बोहोराले दुई लाख रुपैयाँ पाए। उनले पनि सन्दीप र शेरले झैं समान १७ विकेट लिएका थिए।






-1765627825694.jpeg&w=3840&q=75)





