१४ वर्षपछि भारत फर्किए मेसी

काठमाडौं। अर्जेन्टिनाका फुटबल लिजेन्ड लिओनल मेसी १४ वर्षकोपछि भारत फर्किएका छन्।
उनीसँगै उरुग्वेका स्टार लुइस सुआरेज र अर्जेन्टिनाका मिडफिल्डर रोड्रिगो डे पल पनि छन्। तीनै खेलाडी बिहान २:४५ बजेतिर कोलकाता विमानस्थलमा आइपुगेका थिए। मेसी संयुक्त राष्ट्र बाल कोष (युनिसेफ) का ब्रान्ड एम्बेसडर हुन्। उनले ‘गोट इन्डिया’ भ्रमणमा भाग लिइरहेका छन्।
मेसीले डिसेम्बर १५ सम्म तीन दिनमा चार सहरको भ्रमण गर्नेछन्। यसमा हैदराबाद, मुम्बई र नयाँ दिल्ली समावेश छन्। कोलकातामा उनले बलिउड अभिनेता शाहरुख खान, बंगालकी मुख्यमन्त्री ममता बनर्जी र भारतीय पूर्वक्रिकेट कप्तान सौरभ गांगुलीलाई भेट्नेछन्।
उनले मुम्बईमा सचिन तेन्दुलकरलाई पनि भेट्नेछन्। उनको भ्रमण डिसेम्बर १५ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटसँगै समाप्त हुनेछ।
सुआरेजले अमेरिकाको मेजर लिग सकर (एमएलएस) मा इन्टर मियामीबाट मेसीसँगै फुटबल खेल्छन्। यी दुईले बार्सिलोनामा पनि सँगै खेलेका थिए र धेरै राम्रा साथी हुन्।













-1765539955299.jpeg&w=3840&q=75)