सुदूरलाई लज्जास्पद हार चखाउँदै लुम्बिनीले उचाल्यो एनपीएलको उपाधि
शनिबार, २७ मंसिर २०८२खेलपाटी संवाददाता
-1765627825694.jpeg&w=3840&q=75)
काठमाडौं। दाेश्राे संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच शनिबार भएको फाइनलमा सुदुर पश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनीले उपाधि जितेको छ।
कीर्तिपुरस्थित टियु क्रीकेट मैदानमा जवाफी ब्याटिङ गरेको लुम्बिनीले ९ ओभरमा ८६ रनको लक्ष्य भेटाएको हो।
लुम्बिनीलाई उपाधि जिताउन दिनेश अधिकारी र डी'अर्सी जोन सर्टले ४ ओभर १ बलमा ५८ रनको साझेदारी गरे। लुम्बिनीको लागि दिनेशले सर्वाधिक ४२ रनको योगदान गरे। उनले १३ बलमा ५ छक्का र १ चौकाको मदतमा उक्त रन जोडेका हुन्। त्यस्तै, कप्तान रोहित मल्ल १६,
डी'अर्सीले १४, निरोशन डिकवेल्ला ११ र दिलीप नाथले आजीवित १ रन बनाए।
सुदुरपश्चिम रोयल्सका लागि हेमन्त धामीले २ तथा कप्तान दीपेन्द्र सिंह ऐरी र अभिनाश बोहोराले समान १ विकेट लिए।












