एजेन्सी । विश्वकप फुटबलमा समुह चरणका खेलमात्र सकिएका छैनन् । प्रि क्वार्टरफाईनलका समिकरण समेत तयार हुदैछन् । सोमबार राति समुह ए र बीका अन्तिम चरणका खेलहरु सम्पन्न भए । नतिजाले अन्तिम १६ को पुग्ने टोलीको टुङ्गो त लगाएकै छ साथै खेलले समुह विजेता र उपविजेताको समेत छिनोफानो गरेको छ ।
समुह एबाट उरुग्वे समुह विजेता बनेको छ भने आयोजक राष्ट्र रुस उपविजेता बनेको छ । त्यस्तै समुह बीबाट स्पेन समुह विजेता बनेको छ । भने युरो कपको विजेता पोर्चुगल उपविजेता बनेको छ ।
सोही समिकरण अनुसार प्रि क्वार्टरफाईनलमा समुह एको विजेताले समुह बीको उपविजेता र समुह एको उपविजेताले समुह बीको विजेतासंग प्रतिस्पर्धा गर्ने समिकरण तय भएको छ ।
सोही अनुसार समुह एको विजेता उरुग्वेले समुह बीको उपविजेता पोर्चुगलसंग भिड्ने पक्का भएको छ । त्यस्तै समुह एको उपविजेता आयोजक राष्ट्र रुसले समुह बीको विजेता स्पेनसंग नकआउट चरणमा खेल्ने पक्का भएको छ । उरुग्वे र पोर्चुगलबीचको खेल असार १६ गते राति पौने १२ बजे हुनेछ । स्पेन र रुसबीचको खेल राति पौने ८ बजे हुने तय भएको छ ।