दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्यो सिरिज

काठमाडौं। भारतले दक्षिण अफ्रिकालाई तेस्रो एकदिवसीय खेलमा ९ विकेटले पराजित गरेको छ।
यस जितसँगै तीन खेलको वनडे सिरिज भारतले २–१ ले आफ्नो बनाएको छ। शनिबार भएको निर्णायक खेलमा दक्षिण अफ्रिकाले क्विन्टन डिककको शतकीय इनिङ्को सहायताले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २७० रनको चुनौती पेश गरेको थियो।
जवाफमा भारतीय टोलीले प्रभावशाली रूपमा रन चेग गर्दै ६१ बल बाँकी छँदै लक्ष्य पूरा गर्यो। यशस्वी जयसवालले अविजित शतक प्रहार गरे। १ सय २१ बल खेलेका उनले १२ चौका र २ छक्कासहित ११६ रनमा अविजित रहे। उनको यो पहिलो शतक हो।
रोहित शर्माले ७५ र विराट कोहलीले अविजित ६५ रन बनाए। तीनै ब्याटरको उत्कृष्ट प्रदर्शनमै भारतले दक्षिण अफ्रिकाविरुद्ध सिरिज जित सुनिश्चित गर्यो।
त्यसअघि विशाखापट्टनममा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिका ४७ ओभर ५ बलमा २७० रनमा अलआउट भयो। दक्षिण अफ्रिकाका क्विन्टन डे ककले १०६ रन बनाए।
भारतका भारतका प्रसिद्ध कृष्णले ४ विकेट लिए।












-1765077380744.webp&w=3840&q=75)