बाहिरिसकेका जनकपुर र कर्णाली भिड्दै
आइतबार, २१ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार बाहिरिसकेका दुई टोली साबिक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन्।
यो लिग चरणको अन्तिम खेल हो। कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा यो खेल अपराह्न ३:३० बजे हुनेछ।
६ खेलबाट समान दुई अंक जोडेका यी दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका छन्। त्यसैले यो प्रतिष्ठाको खेल मात्र हुनेछ। प्रतियोगितामा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स क्वालिफायर खेल्नेछन्।
काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स इलिमिनेटरमा एकअर्कासँग भिड्नेछन्।












-1765077380744.webp&w=3840&q=75)
